सभापति देउवालाई चीन भ्रमणको निम्तो



काठमाडौं पुस १४ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ।

सभापति शेरबहादुर देउवासँग भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुगेको थियो । भेटका क्रममा नेपाल-चीन सम्बन्धका बारेमा छलफल भएको छलफलमा सहभागी परराष्ट्रविद् डाक्टर निदेशभन्द्र भट्टराईले बताए ।

भेटका क्रममा सभापति देउवाले चिनिया कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्ष पुगेकोमा बधाई दिएको समेत डाक्टर भट्टराईले बताए । छलफलका क्रममा कांग्रेस नेता बीपी कोइरालाले नेपाल(चीन सम्बन्ध गाँस्नका लागि आधारशीला खडा गर्न योगदान दिएको विषयमा समेत चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्