नेप्से साढे पाँच अंकले बढ्यो, ४ अर्बभन्दा धेरेको कारोबार



काठमाडौं पुस १४ ।

शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ ।

नेप्से पाँच दशमलव ५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ बिन्दुमा पुगेको हो । आज निर्जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

उत्पादन समूहको १ सय ९५ अंकले, अन्य समूहको ५० अंकले तथा माइक्रो फाइनान्स र निर्जीवन बीमा समूहको शेयर ११ अंकका दरले बढेको छ । बैंक, होटल, जलविद्युतलगायतका समूहको शेयर ओरालो लागेको छ ।

आज २ सय ९ वटा कम्पनीका ८० लाख कित्ता शेयर ४ अर्ब नौ करोड २२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नागरिक लगानी कोष र नारायणी विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पोज फाइनान्सका शेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्