खोइ पानी जहाज? खोइ घरघरमा ग्यास पाइप ?’



काठमाडौं,पुस १५ ।नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले ओलीमाथि आरोप लगाए ।

‘ओलीले पार्टीलाई भर्र्याङ् मात्रै बनाउनुभयो । पार्टीका नीति बिर्सनुभयो । कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्याँस ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज रु खोइ घरघरमा ग्यास पाइप ?’ खनालले भने, ‘वास्तवमा उहाँले तीन वर्ष त गफै गरेर बिताउनुभयो ।’

नेकपालाई भर्र्याङ् बनाएर ओली सत्तामा पुगेको बताउँदै उनले प्रधानमन्त्री भएकै दिनबाट पार्टी बिर्सिएको आरोप लगाए । पार्टी घोषणापत्रअनुसार सरकारले काम नगरेको भन्दै आक्रोश व्यक्त गर्दै उनले गफै गरेर देश नचल्ने बताए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्