एसईई जेठमा गर्ने तयारी, रजिस्ट्रेसन फाराम खुल्यो



काठमाडौं पुस १५ ।

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमासञ्चालन गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा .डा. चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताएकाछन् । शैक्षिक सत्र खेर जान नदिन बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्ने उनले बताए

नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेको थिएन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

यसैबिच एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

प्रतिक्रिया दिनुहोस्