दाहाल पत्नी सीता दाहाल अस्पताल भर्ना



काठमाडौं पुस १५ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन्।

सीता दाहाल प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित छन् । मस्तिष्कका स्नायु कोष नर्भ सेल क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।

यसअघि उनको सिंगापुर र अमेरिका लगेर पनि उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्