मन्त्रिपरिषद विस्तार विरुद्धको रिटको सुनुवाई भोली हुने



काठमाडौं पुस १५ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि सर्वोच्चमा परेको रिटको सुनुवाई स्थगित भएको छ । सर्वोच्चमा आजका लागि तय भएको रिटको सुनुवाइ स्थगित भएको हो ।

अब यस रिटको सुनुवाइ भोलि हुनेछ । प्रधानमन्त्री केपी ओलीले यही पुस १० गते केही नयाँ मन्त्रीहरूलाई समावेश गरी मन्त्रिमण्डल विस्तार गरेका थिए । प्रचण्ड–नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त पदमा ओलीले नयाँ मन्त्री ल्याएका थिए ।

यो कार्य संविधानसम्मत नभएको भन्दै सर्वोच्चमा रिट परेको छ । यसअघि ओलीले संसद विघटन गरेपछि सो विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।

प्रतिक्रिया दिनुहोस्