माधवकुमार नेपाल दाहालको मामुली कार्यकर्ता मात्रै हुन : प्रधानमन्त्री ओली



काठमाडौं पुस १५ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्तामात्र भएको टिप्पणी गरेका छन् ।

नेकपा ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘माधवकुमार नेपालको बारेमा म धेरै टिप्पणी गर्न चाहन्नँ।

उहाँ त्यसको लायक नै होइन। उहाँ त प्रचण्डको मामुली कार्यकर्तामात्र हो। उधारो डिल गर्दिनँ भन्नुहुन्थ्यो। अहिले द्वितीय अध्यक्ष पाउनुभएछ।’ प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत हुन्छ भन्ने जान्दाजान्दै आफूले पार्टी एकता गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्