संसद् पुनर्स्थापना होस् भन्दै चारवटा महिला संघठन र सांसदहरुद्वारा सभामुख सापकोटाको ध्यानाकर्षण



काठमाडौं पुस १६ । विभिन्न चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बिहीबार दिउँसो अखिल नेपाल महिला संघकी संयोजक अमृता थापा, समाजवादी महिला संघकी अध्यक्ष निर्मला यावद, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन र विवेकशील साझा महिलाकी अध्यक्ष समीक्षा बाँस्कोटाले विघटित प्रतिनिधिसभा पुन: स्थापित होस् भन्दै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

त्यसक्रममा सभामुख सापकोटाले हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्