सुदूरपश्चिम प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा



दाङ पुस १६ ।

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ ।

स्पिनर कविताले प्रतियोगिताको महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरिन् । कविताले एकै ओभरमा ४ विकेट लिँदै टिमलाई सेमिफाइनलमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलिन् उनले नवौं ओभरमा ह्याट्रिकसहित पाँच विकेट लिन सफल भइन् ।
आज भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ७७ रनको लक्ष्य पछ्याएको वाग्मती प्रदेशले निर्धारित ११ ओभरका विकेट गुमाउँदै ४८ रन बनाउन सफल भएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धातिर ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनएको थियो । खराब मौसमका कारण ११ ओभरमा झारिएको खेलमा लक्ष्मीले उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी थिइन् । आजको खेलमा जित निकाल्दै सुदूरश्चिमले सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्