शेयरबजार अहिलेसम्मकै उच्च, नेप्से २५ दशमलव २१ प्रतिशतले बृद्धि



काठमाडौं पुस १६ ।

शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ । यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो । यसअघि नेप्से गएको मंसिर १७ गते सबैभन्दा धेरै २ हजार ७१ विन्दुमा पुगेको थियो ।

आज निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय ८७ अंकले, जीवन बीमा समूहको शेयर १ सय ७२ अंकले, बैंक समूहको ३० र अन्य समूहको शेयर २३ अंकले बढेको छ ।

२ सय ७ कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंकका शेयरधनीले झण्डै ४ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्