थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी, ४ सय ४७ जना डिस्चार्ज



काठमाडौं पुस १६ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ। गत २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ। हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्