काठमाडौँ उपत्यकामा २४७ कोरोना संक्रमित थपिए



काठमाडौं पुस १६ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्।

आज देशभर थप ५ सय ३४ जनामा कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्