लोक सेवा आयोगद्धारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस



काठमाडौं पुस १६ ।

लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्