सशस्त्र प्रहरीमा छ जना डिआइजीको बढुवा सिफारिश



काठमाडौं पुस १६ ।

सशस्त्र प्रहरीमा छ जना डिआइजीको बढुवा सिफारिश भएको छ ।

बिहिवार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि नाम सिफारिश गरेको हो । बढुवाका लागि सिफारिश भएकाहरुमा एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् ।

वरियतामा गिरीले बाजी मारेका छन् । यसअघि पहिलो नम्बरमा एसएसपी रहेका खत्री तीन नम्बरमा झारिएका छन् । गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा आइजीपी शैलेन्द्र खनाल र एआइजी पुष्पराम केसी बढुवा समितिमा थिए ।

प्रतिक्रिया दिनुहोस्