विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो



काठमाडौं, पुस १७ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष ९आव० को पहिलो ५ महीनामा विद्युतीय सवारीसाधनको आयात ८८ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ५ महीनामा नेपालमा ३१५ ओटा विद्युतीय सवारीसाधन आयात भएका थिए । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको पहिलो ५ महीनामा ३७ ओटा मात्र विद्युतीय सवारी आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८८ दशमलव २५ प्रतिशतले कमी हो ।

सरकारले २ वर्षअघि काठमाडौं उपत्यकाको प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । सन् २०२० मा विद्युतीय सवारीको अंश २० प्रतिशत पु¥याउने लक्ष्यसमेत लिएको थियो । तर, सरकारले भनाइमा एक र गराइमा अर्को काम गरेकाले विद्युतीय सवारी बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि उहाँले बारम्बार विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिनुभयो । उहाँले साझा यातायातअन्तर्गत सञ्चालन गर्नेगरी एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा पर्यटन मन्त्रालयको मातहतमा किनिएका विद्युतीय बस उद्घाटन गर्दै देश विद्युतीय सवारीसाधनको युगमा प्रवेश गरेको समेत बताउनुभयो । तर, तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले चालू आवको बजेटमा विद्युतीय सवारीमा ७० प्रतिशतसम्म कर वृद्धि गरे ।

कर वृद्धिले विद्युतीय सवारीसाधनको मूल्य निकै बढेपछि यसको आयात र विक्री दुवै प्रभावित भएको हो । सरकारले कर बढाएको मात्र होइन, विद्युतीय सवारी खरीद र चार्जिङ स्टेशनका लागि मापदण्ड बनाइदिन व्यवसायीले आग्रह गर्दा पनि सरकार लचिलो भएन । सरकारले आपैmले गरेको प्रतिबद्धताअनुसार काम नगर्दा वर्षेनि विद्युतीय सवारीको आयात घट्दै गएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्