वामदेव गौतम र प्रचण्डबीच भेटवार्ता



काठमाडौं पुस १७ ।

पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गरेका हुन् । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका गौतमलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । तर गौतम अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।

राष्ट्रियसभाको बैठक बस्ने दिन राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले प्रचण्डसँग भेट गरेका हुन् । राष्ट्रियसभा बैठकमा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विषय उठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्