राष्ट्रियसभा बैठक सुरु



काठमाडौं पुस १७ ।

संघिय संसद राष्ट्रियसभाको बैठक सुरु भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्‌वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । त्यस्तै, ०७४ फागुन ३ गते गठित मन्त्रिपरिषद्‍मा भएको पछिल्लो पुनर्गठनबारे राष्ट्रपतिको कार्यालयको पत्र पनि पढेर सभालाई जानकारी गराएका छन् ।

गत असार १८ गते संघीय संसद्‌को छैटौं अधिवेशन अन्त्य भएको थियो । पुस ५ गते प्रतिनिधिसभा भंग गरिएको छ । प्रतिनिधिसभा नभए पनि संघीय संसद्‌को राष्ट्रियसभाको बैठक भने सुरु भएको छ ।

एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोहीअनुसार आज अन्तिम दिन अर्थात् पुस १७ गते राष्ट्रियसभाको बैठक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्