नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भए : गृहमन्त्री थापा



काठमाडौं पुस १८ ।

गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भएको बताएका छन्।

शनिबार कमलादीमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपाबाट एउटा गुट अलग हुँदा प्रतिगमनकारीहरूले सडकमा उत्सव मनाएको बताए ।

नेता थापाले राजनीतिक अस्थिरता सिर्जना गर्न सकेको र दुई तिहाइको सरकार विघटन गर्न पाउँदा प्रतिगमनकारी खुसी भएको टिप्पणी गरे । देशी विदेशी शक्तिहरू प्रतिगमन भित्र्याउन क्रियाशिल भएको उनको आरोप छ ।

एक फरक प्रसङ्गमा नेता थापाले पार्टी राजनीतिक र विचारधाराका कारण विभाजित नभएको बताए । अशंबण्डाको झगडाका कारण पार्टी विभाजन भएको बताउँदै उनले प्रधानमन्त्री, राष्ट्रपति, राजदूत, मन्त्री लगायतका पदमा भागवण्डा नमिलेपछि दाहाल–नेपाल पक्ष पार्टी विभाजनको दिशामा अघि बढेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्