दाहाल-नेपाल समुहद्वारा सरकार विरुद्ध दोस्रो चरणको आन्दोलको घोषणा



काठमाडौं पुस १८ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले देशव्यापी आन्दोलन गरिने बताए । आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायत रहेका छन् ।

आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ । संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्