नक्साको जमिन विधिवत फिर्ता ल्याइन्छ



काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै पुस्तालाई सुन्दर देश, सुन्दर लोकतन्त्र र विकसित, सभ्य मुलुक सुम्पनुबाहेक आफ्नो व्यक्तिगत स्वार्थ केही नरहेको स्पष्ट पारे।

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार राजधानीमा आयोजित काठमाडौँ जिल्लास्तरीय कार्यकर्ता भेलामा आँधी, तुफान र बाढीझैँ निर्वाचनमा अगाडि बढ्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए । प्रचण्ड–नेपालले खास प्रतिगमनको तयारी गरेको र त्यसलाई रोक्नु आफ्नो बाध्यता भएको स्पष्ट पार्दै उनले “करिब दुई तिहाइको सरकार ढालेर टालटुल पारेको पुतली सरकार बनाउने तयारी थियो ।

‘हर्स टे«डिङ’को त्यो राजनीति फेरि फर्काउन सम्भव छैन ।”उहाँले विघटित प्रतिनिधि सभा ब्यूँतिन्छ कि? निर्वाचन हुँदैन कि?भन्ने भ्रमको पछाडि नलाग्न र दृढतासाथ निर्वाचन तयारीसहित जनताको बीचमा जान कार्यकर्तालाई आह्वान गरे ।

आन्दोलन, पार्टी र सही विचार जोगाउनु आजको आवश्यकता भएको जोड दिदै उनले मुलुक र जनताको चिन्ता छाडेर पैसा, परिवार र पदका लागि मरिमेट्नेलाई निर्वाचनमार्फत जनताले ठेगान लगाउने बताए ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्