कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट पुनः सुरु



काठमाडौं पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट पुनः सुरु हुँदै छ । आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो । बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्