संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको विरोध प्रदर्शन



काठमाडौं पुस १९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध २३ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् ।

संसद विघटन असंवैधानिक भन्दै मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीलगायत २३ दलीय मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गरेको थियो । माइतीघरदेखि नयाँ बानेश्वर पुगेको मोर्चाले संसद पुनःस्थापना गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्