सेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब ३४ करोड बढिको कारोवार



काठमाडौं पुस १९ ।

सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । नेप्से परिसूचकमा आएको उछालले बजारमा कारोबार हुने सबै उपसमूहहरु हरियाली देखिएका छन् ।

सबैभन्दा धेरै व्यापार उपसमूहमा रहेका कम्पनीहरु बढेका छन् । जसको असर व्यापार समूह ९.६४ अंकले बढेको छ । कारोबार रकमा भने निकै ठूलो उचाल आएन ।

दिनभर भएका ५४ हजार ६ सय ९८ कारोबारबाट २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्