गृह मन्त्रालयद्वारा चुनावको सुरक्षा रणनीति बनाउन समिति गठन



काठमाडौं पुस १९ ।

सरकारले घोषणा गरेको चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले समिति बनाएको छ ।
शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा समिति गठन गरेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजना प्रतिनिधि रहेका छन् ।
सरकारले १७ र २७ वैशाखमा निर्वाचनको मिति घोषणा गरेको छ । ‘चुनाव हुने–नहुने अन्योल नै छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘हामीले आफ्नोतर्फबाट तयारी त गर्नैपऱ्यो ।’

प्रतिक्रिया दिनुहोस्