टोखामा रहेको ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा



काठमाडौं पुस २० । काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ ।

निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको हो । स्थापनाकालदेखि हालसम्म ग्राण्डी अस्पतालले ३१ हजार ९०० बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिनुभयो । सो अस्पतालले कोभिड सङ्क्रमणको समयमा ६० हजार बिरामीको उपचार गरेको छ भने एक हजार १८२ बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताए ।

प्रतिक्रिया दिनुहोस्