१ करोड ४७ लाखसहित थानकोटबाट भारतीय नागरिक पक्राउ



काठमाडौं पुस २० । १ करोड ४७ लाख रुपैयाँ नगदसहित भारतीय नागरिक थानकोटबाट पक्राउ परेका छन् ।

भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्तालाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट थानकोट प्रहरीलेपक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको छ ।

दुवै जनालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्