नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण, २४ घण्टामा ७ जनाको मृत्यु



काठमाडौं पुस २० । नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ४ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या भने ५ हजार २ सय ८९ छ ।

यस्तै सोही अवधिमा ५ सय ९४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ५५ हजार ८८ रहेको छ ।

यस्तै २४ घण्टाको अवधिमा थप ७ जनाको मृत्यु भएको छ । मृतकको संख्या हालसम्म १ हजार ८ सय ८५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण १९ लाख ५२ हजार ९ सय ३ रहेका छन् । क्वारेन्टाइनमा भने ३ सय ४२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्