शेयरबजारमा सामान्य गिरावट



काठमाडौ,पुष २० । आइतबार ८८ अंकले उकालो लागेको शेयर बजार सोमबार भने सामान्य अंकको गिरावट आएको छ । कारोवार अवधिभर उकालो लागेको नेप्से अन्तिममा ६ अंकले घटेर बन्द बन्द भयो ।

यस दिन निर्जिवन बिमा दोहोरो अंकले बृद्धि हुँदा विकास बैक, जलविद्युत, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागे । बैंक, व्यापार, होटल, उत्पादन, लघुवित्त, जीवन बिमा समूह ओरालो लागेका छन् ।

६९ कम्पनीको शेयर मूल्य उकालो लाग्दा ९१ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १५ कम्पनीको मुल्य स्थीर छ । सोमबार २ सय २ कम्पनीको १ करोड १६ लाख बढी कित्ता शेयर ५ अर्ब ९६ करोड बढी रकमको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्