बाँकेमा कोरोनाबाट थप ३ जनाको ज्यान गयो



नेपालजन्ज पुस २१ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप ३ जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्