संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार दिएको छैन : रामचन्द्र पौडेल



काडमाडौं पुस २१ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका छन् ।

वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताए । संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।

संसद विघटन गरेर लोकतन्त्रमाथि छुरा प्रहार गर्ने र संविधान रछ्यानमा मिल्काउने दुश्प्रयास भएको भन्दै कांग्रेस नेता पौडेलले यसको डटेर विरोध गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्