योग गर्दै विवेकशील पार्टीद्वारा सरकारविरुद्ध प्रदर्शन



काठमाडौं पुस २१ ।
विवेकशील पार्टीले आज माइतीघर मण्डलमा ‘योग’ गर्दै अधिनायकवादविरुद्ध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरवाट प्रतिनिधिसभा विघटन गरेको दिनदेखि विवेकशील पार्टीले विभिन्‍न तवरवाट माइतीघरमा प्रदर्शन गर्दै आएको शशिविक्रम कार्कीले बताए ।

विवेकशीलले प्रत्येक दिन बिहान साढे १० बजे पनि योगाभ्यास गर्दै प्रदर्शन गर्ने पार्टीकी नेतृ साधना राईले बताइन् ।

प्रदर्शनमा सहभागीहरुले असंवैधानिक संसद् विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, ‘कू’ मतिमा नलाग्नुहोस प्रमज्यू , अमर रहोस् लोकतन्त्र अन्त्य होस् लुटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्