बुधबार पनि बढ्यो सुनको मूल्य, तोलाको ९६ हजार ७ सय



काठमाडौं पुस २२ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा बुधबारको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार ३०० ले वृद्धि भई ९६ हजार ७०० मा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९५ हजार ९०० मा कारोवार भएकामा रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यसैगरी प्रतितोला एक हजार ३३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्