खोनपानी मन्त्री मणि थापालाई कालोझन्डा प्रदर्शन



काठमाडौं पुस २२ । खोनपानी मन्त्री मणि थापालाई नेकपा निकट अखिलले कालो झन्डा देखाएको छ ।

नेकपा ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई विद्यार्थीहरुले कालो झन्डा देखाएका हुन् । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्ड-माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्