सरकारविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस



काठमाडौं पुस २२ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि प्रचण्ड–नेपाल पक्षीय नेकपा निकट अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौंमा लालटिन जुलुस प्रदर्शन गरेको छ ।

संसद पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको अनेरास्ववियूले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पूर्व मन्त्री योगेश भट्टराई, अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीले ‘दिउँसै लालटिन बाल्दा नि भेटिएन है प्रतिनिधिसभा विघटनको धारा खै ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । प्रचण्ड–नेपाल पक्षीय नेकपाले संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्