बाबुराम भट्टराईले भने: प्रधानमन्त्री ओली इमान्दार तानाशाह हुन



काठमाडौं पुस २२ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दार तानाशाहको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलहरुबीच आयोजित अन्तर्क्रिया कार्यक्रममा भट्टराईले ओली राजनीतिक उपलब्धीहरुलाई निस्तेज पारेर अस्थिरता ल्याउन लागिपरेको बताए।

जनता समाजवादी पार्टी जसपाका नेतासमेत रहेका भट्टराईले भने, ‘सबै परिवर्तनका विरोधी मान्छे हुन्। उनको अग्रगामी परिवर्तनका एजेण्डामा कुनै पनि भूमिका छैन। ४० को दशकअघि उनले केही गरे होलान् तर त्यसपछिको परिवर्तनमा उनको कुनै पनि भूमिका छैन। यो कुरा उनले कहिल्यै लुकाएका पनि छैनन्।’

भट्टराईले प्रधानमन्त्री ओली नेपालमा अस्थिरता ल्याउन खोज्ने बाह्य शक्तिहरको मतियार बनेको आरोप लगाए। उनले मुलुकभित्रको कमजोरीमा विदेशी शक्ति खेल्ने पुरानै परम्परा र संसारभरको परम्परा रहेको बताए।

भट्टराईले बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउन सक्छ रु भन्दै प्रश्न गरे। उनले मध्यपूर्वी एसियाली देशहरुमा जारी द्वन्द्वको स्मरण गर्दै अब नेपाल द्वन्द्वको केन्द्र बन्ने खतरारहेको बताए ।

उनले अब ओलीको कदमले राष्ट्रिय स्वाधिनतामाथि खतर आएको बताए। उनले अब साँच्चै राष्ट्रियतामाथिको खतरा आउन सक्नेसमेत बताए। त्यसैका लागि यो कदम अदालतबाट सच्चिनै पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्