नेपाली काँग्रेसले काठमाडौंका २० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने



काठमाडौं पुस २२
नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले पुस २५ गते दिउँसो १ बजे काठमाडौं जिल्लाका २० वटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गर्न जिल्लाभित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति बानियाँले बताए ।

गत पुस १९ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले पुस २५ गते शनिबार ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको हो ।

माघ ३ गते ७ सय ५३ स्थिानीय तह र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ । जिल्ला र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले केन्द्रसँगको समन्वयमा छुट्टै कार्यक्रम तय गर्न निर्देशनसमेत दिएको थियो ।

सोही अनुसार नेपाली काँग्रेस काठमाडौंले विरोध प्रदर्शनका लागि जिल्लाभित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्