बिहीबार भने घट्यो सुनको मूल्य



काठमाडौं पुस २३ । सुनको मूल्य बिहीबार एकैदिन तोलामा १३ सय रुपैयाँले सस्तिएको छ ।

सुनको कारोबार मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३३० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्