विप्लवका जिल्ला सेक्रेटरीसहित ३ जना काठमाडौंबाट पक्राउ



काठमाडौं पुस २३ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रतिबन्धित विप्लव नेकपाका काठमाडौं सेक्रेटरी भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए ।
प्रहरी विशेष ब्यूरो र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयुक्त टोलीले उनीहरूलाई मंगलवार साँझ पक्राउ गरेको हो ।
डीएसपी विष्टले ३ जनाविरुद्ध चन्दा ऐन अन्तर्गत प्रहरी परिसर काठमाडौंंले म्याद थप गरेर अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्