नेप्से परिसूचक १५ अंकले बढ्यो



काठमाडौं पुस २३ ।

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से बढेर बन्द भएको छ।

पछिल्लो समय निरन्तर सुधारिँदै आएको नेप्सेले आज थप नयाँ कीर्तिमान राखेको हो। यसअघि बुधबार दोहोरो अंकको सुधार आउँदै दुई हजार २८१ अंकमा पुगेको नेप्से परिसूचक आज १५ अंकले बढेको छ। यससँगै नेप्से परिसूचक २ हजार १९४ अंकमा पुगेर रोकिएको छ।

अन्तिम कारोबार दिन दोहोरो अंकले बढेसँगै परिसूचक २२ सय अंकनजिक पुगेर बन्द भएको छ। यस क्रममा आज ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। एक करोड १७ लाख कित्ता सेयर खरिदबिक्री भएको दिन अन्य बाहेक सबै समूहमा सुधार आएको छ। बजार बढेको दिन कारोबार भएका १२ मध्ये ११ समूह सुधारिएका हुन्।

आज निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा १४४ अंकले बढेको छ। बजार बढेको दिन आज विहीबार एभरेष्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता २८ रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्