प्रचण्डले गल्ती स्वीकार गरेर फर्किए पार्टी एकता सम्भव छ : ईश्वर पोखरेल



सिन्धुपाल्चोक पुस २३ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले आफ्नो जिम्मेवारी बहन नगरेकाले कार्यकारी अधिकार खोसेको उनले बताए।

सरकारले राम्रो काम गरेको भए पनि विरोधका लागि मात्रै विरोध गरेको उनले बताए। प्रचण्डले सचिवालयमा पेस गरेको आरोप पत्र नै पार्टी विभाजनको आधार बनेको उनले बताए।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक भएको उनले दाबी गरे। निर्वाचनको तयारीमा लागेर अहिले देखिएको समस्या समाधान गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्