बैंकहरुले राजस्व संकलनका लागि शनिबार पनि काउन्टर खुलाउने



काठमाडौं पुस २३ ।
नेपाल राष्ट्र बैंकले राजस्व उठाउने प्रयोजनका लागि पुस २५ गते शनिबारका दिन पनि राजस्व काउन्टर खुला गर्न निर्देशन दिएको छ।
शनिबार नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु खुला हुनेछन्।

यसका साथै बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले बताएको छ। शनिबार पूर्णकालीन रुपमा कारोबार संचालन गरी राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

हरेक महिना राजस्व संकलन गर्ने प्रचलन रहदै आएको छ। यस महिना पुस २५ गते शनिवार परेकाले राष्ट्र बैंकले बैंकहरुलाई काउन्टर खुला गर्न निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्