प्रधानमन्त्री ओली धनगढी जाँदै



काठमाडौ,पुष २४ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनपछि उपत्यका बाहिरको कार्यक्रमलाई सम्बोधन गर्न पहिलो पटक शुक्रबार धनगढी जाँदैछन्।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटा समूहको नेतृत्व गरेका ओलीले धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओली समूहले धनगढीमा गर्न लागेको सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो ।

जनसभामा प्रधानमन्त्री उपस्थित हुने भएपछि बिहीबारदेखि नै धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्