नेकपाको दाहाल नेपाल समुहले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक र विरोधपत्र



काठमाडौं पुस २४ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार यो समूहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र र संविधानको पुस्तक बुझाएका हुन् ।

विरोधपत्रमा प्रधानमन्त्रीले राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्