संसद विघटन ओलीको निरंकुश कदम :संविधानसभा सदस्य परिषद्



काठमाडौं पुस २४ ।

संविधानसभा सदस्य परिषद्ले संसद् विघटनको कदमलाई निरंकुश भन्दै खेद व्यक्त गरेको छ ।

संविधानका हस्ताक्षरकर्ताहरूको साझा संगठनका रूपमा रहेको परिषद्ले आज शुक्रबार विज्ञप्ति निकालेर संसद् विघटन संविधानको मर्मविपरीत भएको भन्दै उक्त कार्यको विरोध गरेको हो ।

परिषद्का तर्फबाट सचिव डोरप्रसाद उपाध्यायले निकालेको विज्ञप्तिमा निरंकुश शैलीमा धावा बोलिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अग्रगामी प्रयत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि धावा बोलिएको छ । षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्ती पराकाष्ठाहरू नाघेर यसप्रकारको गैरसंवैधानिक हर्कत गरिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्