ओलीले भने: पार्टी छोडेर भागेका भगौडाको कुरा नसुन्नुस्



धनगढी पुस २४ ।
प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन्।

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी छोडेर भागेका भगौडाको कुरा नसुन्नस।’ उनले सुखी नेपाली समृत नेपालको अभियानमा आफू लागेको दाबी गरे।

उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’

प्रतिक्रिया दिनुहोस्