राष्ट्रिय सभाको अर्को बैठक पुस २६ गते आइतबार बस्ने



काठमाडौं पुस २४ ।

संघीय संसदअन्तरगत राष्ट्रिय सभाको अर्को बैठक यही पुस २६ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठक पुस २६ गते बस्नेगरी स्थगित भएको हो। मा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरिएको छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गरेकी हुन्।

शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ, तारादेवी भट्ट,कोमल वली,तारादेवी भट्ट, रमेशजंग रायमाझीलगायतले आ आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानमाथि असंवैधानिक कदम चालेको भन्दै आपत्ती जनाए छन्।

संसद विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्नुपर्ने उनीहरुको माग छ। यही पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विभिन्न राजनीतिक दलहरु सडकमा आएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा संसद विघटनविरुद्ध रिटको सुनुवाइ सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्