कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने



काठमाडौं पुस २४ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो । कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जानुपर्ने अडान अगाडि सारेको छ भने सभापति देउवा पक्षले अदालतको फैसला नआएसम्म यो विषयमा निर्णय नगर्नु उचित हुने अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्