टिपरको ठक्करबाट एक महिलाको मृत्यु



सुर्खेत पुस २४ ।
टिपरको ठक्करबाट सुर्खेतको छिञ्चुमा एक महिलाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरबाट बिहान नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भीर घाइते भएका छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते आलेलाई उपचारका क्रममा ल्याउँदै गर्दा बाटामै अपराह्न मृत्यु भएको हो ।

घाइते शाहीको उपचार भइरहेको तथा टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्