‘पार्टीकै नेताहरुले धोका दिँदा सपना पुरा भएन’ : मन्त्री नेम्बाङ्ग



काठमाडौं पुस २४ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूलो कम्युनिष्ट पार्टी बनाएर जनताको विकास र समृद्धिको चहानाहरुलाई अगाडि बढाउने सपना भएपनि पार्टीकै नेताहरुका कारण अधुरो रहेको बताएका छन् ।

ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको धुमबाराहीमा भएको पुनर्गठन भेलालाई सम्बोधन गर्दै ७२ वर्षको इतिहासमा नेपालमा पहिलो ठूलो कम्युनिष्ट पार्टी बनेको र उक्त पार्टीको बहुमतको सरकारले देशलाई विकास र स्थिरतातर्फ लैजादै गर्दा अवरोध भएको बताए ।

मन्त्री नेम्बाङ्गले सरकारले ५ लाख युवालाई रोजगार सृजना गर्ने लक्ष्य राखेको बताए । उनले पार्टीको घोषणा पत्र अनुरुप सरकारले काम गरेका समेत बताए । उनले भने, ‘सरकार निर्माण भएको तीन वर्षमा स्वास्थ्यका क्षेत्रमा ७७ वटै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम अगाडि बढाएको छ । देशभरी ३ सय ९६ आधारभूत स्वास्थ्य चौकी शिलान्यस भएर निर्माण कार्य सुरु भएको छ ।’

उनले देशभर यो आर्थिक बर्षमा डेढलाख फुसको छाना हटाइने र तीन बर्षभित्र देशका सबै फुसको छाना हटाइसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्