परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने



काठमाडौं पुस २४ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनको भ्रमणबारे शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै जानकारी दिएका हुन्।

१४ तारिखमा परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छु, उनले भने, सरकार मिचिएको भूमि फिर्ता गराउने अभियानमा छ। त्यसबारे पनि भारतमा कुरा हुनेछ। त्यही बेला यहाँको गौरीफन्टा नाका सुधारबारे पनि कुरा हुनेछ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराबारे पनि कुरा उठाउने भएका छन्। ज्ञवालीको भ्रमणबारेमा परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन। नयाँदिल्लीमा ज्ञवालीले समकक्षी एस जयशंकरसँग विस्तृत बैठक गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्